जस्तोसुकै कठिन परिस्थिति सृजित भएता पनि कोटिहोम गरेरै छाड्ने- धर्मगुरु विजय कृष्णमूर्ति

धर्मगुरु विजय कृष्णमूर्तिले धर्मका लागि आफू अधर्म गर्न पनि तयार रहेको बताएका छन् । मानवसेवा फाउण्डेसनले आइतबर पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पोखरामा मानवसेवा फाउण्डेसनले गर्ने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ बारे विवादत भएको बेला जस्तोसुकै कठिन परिस्थिति सृजित भएता पनि उनले आफूले उक्त कोटिहोम गरेरै छाड्ने उनले बताए जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुनेछैन । यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ ।धर्मका लागि अधर्म पनि गर्न पर्छ भने विजय कृष्णमूति तयार रहेको बताए ।
फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ । पोखराका चौताराहरुमा रहेका पुराना रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसन द्धारा काटिएको भन्ने सुनियोजित रुपमा भ्रम फैलाएको बताए । पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ठुला रुख ठुट्याइएको छ । तर, कृष्णणमूतिले ती रुखहरु आफूले नकाटेको र महानगरले नै विगतमा काटेर दोष आफूहरुलाई दिएको आरोप लगाए ।
उनले काम गर्ने क्रममा रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान आफू तयार रहेको पनि उल्लेख गरे । यस्तै उनले रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने पनि बताए । उनले पोखरामा हुने महायज्ञमा कुनै वातावरण प्रदूषण नहुने दाबी गरेका छन् ।
महायज्ञस्थलको हल अत्याधुनिक हुने र कुनै ध्वनि बाहिर ननिस्कने दाबी गरेका छन् । उनले ध्वनीप्रदुर्शण र वातावरण दुषित हुने भनेर गरिएका चर्चा हास्यास्पद रहेको उल्लेख गरे । यस्तै उनले लेकसाइडमा २५ हजार भन्दा बढी भक्त बाहिरबाट ल्याउने भन्दै कार्यक्रम सफल रहने बताए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








