सिद्धबाराह तपोवन सन्यास आश्रममा गायत्री पुरश्चरण तथा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै

मनिष पाैडेल, पोखरा, चैत्र १५ । श्री सिद्धबाराह तपोवन सन्यास आश्रम, पोखरा-२३ मा गायत्री पुरश्चरण कार्यक्रम आयोजना गरिने भएको छ। धार्मिक, आध्यात्मिक तथा वैदिक शिक्षाको प्रवर्द्धन गर्दै आएको यस आश्रमका संस्थापक प्रमुख स्वामी श्री नि. शेषानन्द महाराजको मार्गदर्शनमा सञ्चालन हुने यस विशेष कार्यक्रममा गायत्री पुरश्चरण, मन्त्र जप, ध्यान साधना तथा पुनःदीक्षा विधि समावेश गरिने भएको छ ।
गुरुपूर्णिमा अवसरमा विशेष अनुष्ठान
यसअघि आश्रममा गुरुपूर्णिमाको दिनदेखि नै गायत्री पुरश्चरण अनुष्ठान सुरु भई आरम्भ गरिएको थियो। उक्त अवसरमा स्वामी श्री नि. शेषानन्द महाराजका प्रिय शिष्य श्री नारायण प्रसाद देवकोटा द्वारा विशेष धार्मिक अनुष्ठानको सुरुवात गरिएको थियो ।
यही क्रमलाई निरन्तरता दिँदै चैत्र १५ गते विशेष गायत्री पुरश्चरण कार्यक्रम आयोजना गरिँदैछ, जसमा सर्वसाधारण भक्तजन तथा साधकहरूलाई दिव्य अनुष्ठानमा सहभागी भई प्रसाद ग्रहण गर्न विशेष आग्रह गरिएको छ।
गायत्री पुरश्चरण कार्यक्रमका प्रमुख विशेषताहरू :
- गायत्री मन्त्र जप तथा ध्यान साधना,
- स्वामी श्री नि. शेषानन्द महाराजबाट आध्यात्मिक प्रवचन,
- गायत्री होम (यज्ञ) तथा विशेष पूजा अनुष्ठान,
- गायत्री मंत्र दीक्षा तथा पुरश्चरण विधि,
- सामूहिक आरती तथा प्रसाद वितरण,
- सिद्धबाराह गुरुकुलको योगदान र विस्तार ।
सिद्धबाराह तपोवन सन्यास आश्रमले धार्मिक शिक्षाका साथै वैदिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले ‘सिद्धबाराह गुरुकुल’ सञ्चालन गरिरहेको छ। हाल कक्षा ६ देखि ८ सम्म अध्ययनको व्यवस्था रहेको यस गुरुकुललाई आगामी वर्षहरूमा माध्यमिक तथा उच्च शिक्षासम्म विस्तार गर्ने योजना रहेको छ।
गुरुकुलमा संस्कृत, वेद, उपनिषद्, योग, ध्यान, तथा जीवन उपयोगी सीपहरूको अध्ययन-अध्यापन भइरहेको छ। यसले विद्यार्थीहरूलाई धार्मिक ज्ञानका साथै आधुनिक युगमा पनि उपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ।
सिद्धबाराह तपोवन आश्रमका अन्य धार्मिक तथा सामाजिक योगदान:
- सिद्धबाराह तपोवन सन्यास आश्रमले आध्यात्मिक साधनाका साथै शिक्षा, संस्कृति तथा समाजसेवाका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
आश्रमको प्रमुख गतिविधिहरू निम्नानुसार छन् :
- गौशाला सञ्चालन: गाईहरूको सेवा तथा संरक्षण गर्दै धार्मिक परम्परालाई प्रवर्द्धन गर्दै आएको छ।
- १०८ फिट अग्लो हनुमान मूर्ति निर्माण कार्य: धार्मिक पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक महत्वको मूर्तिको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
- दिव्य अन्नदान सेवा: भक्तजनका लागि निःशुल्क भोजन तथा सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ।
कार्यक्रम विवरण
मिति: २०८२ चैत्र १५ गते, शुक्रबार
समय: बिहान ११:०० बजे
स्थान: श्री सिद्धबाराह तपोवन सन्यास आश्रम, पोखरा-२३, कास्की
सर्वसाधारणलाई सहभागिताका लागि अनुरोध
यस विशेष धार्मिक अवसरमा सम्पूर्ण भक्तजन, धर्मप्रेमी एवं साधकहरूलाई उपस्थित भई पुण्य लाभ लिन आश्रम परिवारले अनुरोध गरेको छ। धार्मिक, सामाजिक तथा शैक्षिक योगदानमा अग्रसर रहेको सिद्धबाराह तपोवन सन्यास आश्रमले आगामी दिनहरूमा पनि यस्ता आध्यात्मिक तथा शिक्षामूलक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द







