निष्ठावान प्रहरिको परिचय कमाउदै: तिवारी

माधब शर्मा । अहिले धेरै ठाउँमा सर्वसाधारण जनताको सेवामा खटिएका प्रहरीको बदमासीका घटना घटिरहेका छन् । बर्दिमा होस् या सिविलमा प्रहरीको ज्यादती बढ्दो छ । कहिँ कुटपिट कहिँ लुटपाट त कहिँ चोरी चारी पैठारी, घुसखोरी र बलात्कार जस्ता जघन्य अपराध प्रहरी बाटै पनि हुन थालेका छन् । यद्यपि नेपाल आमाका असल सन्तान एवं जनताको ज्युधनको सुरक्षामा अहोरात्र खट्छु भनेर सपथ खाने प्रहरी जवानको पनि यो देशमा कमि छैन ।
आफ्नो व्यक्तिगत जीवन भन्दा माथि उठेर रात दिन नभनी ड्युटीमा खटिने प्रहरी जवानकै सुचिमा पर्न सफल छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारी, उनले कार्यालयमा उत्कृष्ट, उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । उनले प्रहरी प्रधान कार्यालय र गृह-मन्त्रालयले दिएको स्पष्ट आदेश र जिम्मेवारी अत्यन्त लगनशीलता, कर्तव्यनिष्ठा एवं प्रभावकारी ढंगले निर्वाह गर्दै आएका र विशेष गरी जिल्लामा उनले गरेको अपराध नियन्त्रण तथा अनुसन्धानको कार्य, जनसुरक्षा व्यवस्थापन, फरार व्यक्ति पक्राउ लगायतका कार्यमा उनको अग्रसरता र नेतृत्वले प्रहरी संगठनको गरिमा बढाएको छ ।
प्रहरी काम कार्वाहिमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्य गरी नागरिक माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा उनले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । उनले आफ्नो नेतृत्वमा सञ्चालित प्रहरीद्वारा हुने दैनिक काम कार्वाहीमा चौविस घन्टाभित्रै आम नागरिकले डिपिओ धनुषाको पेजमा राख्दा सर्वसाधारणले छिटो, छरितो र सहज रुपमा जानकारी पाएको, कानुनको प्रभावकारी कार्यान्वयन, मुद्दा फाँटमा देखिएका सुधार, अपराध अनुसन्धानमा ल्याएको शसक्तता, नागरिक मैत्री सेवामा नविनता प्राप्त गरेको जिल्ला बासिको भनाइ रहेको छ ।
जिल्लामा भएको चोरी, लागुऔषध कारोबार, घरेलु हिंसा, अवैधानिक सामान ओसारपसार, लगायत अपराधमा गिरावट आउनुका साथै विपद व्यवस्थापन देखि मानवअधिकार संरक्षण, कार्यन्वयन कार्यमा उनले समन्वयात्मक भुमिका खेल्दै आएको भन्दै विभिन्न सरोकारवा निकायहरुले समेत उनको प्रशंसा गरेका छन् । राजश्व संकलन सम्बन्धि द्धि-वर्षिय तुलानात्मक शिर्षकहरुको विवरणमा विगतको भन्दा झण्डै १५८.८९%ले वृद्धि भइ रु ७४८१६९३६९ रहेको छ ।

उनले मध्येश प्रदेशको राजधानी समेत रहेको धार्मिक दृष्टिकोणले पनि नेपालको अद्वितीय मानिएको जानकि मन्दिर मिथिला संस्कृतिको केन्द्र रहेको हुनाले धार्मिक, संस्कृति, सामाजिक, आर्थिक गतिविधि हुने र देश विदेशबाट आइरहने भिआइपि, भिभिआइपि धार्मिक , राजनैनिक नेताहरुको आवगमन भइरहने अवस्थामा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरि शान्ति सुरक्षा तथा अमनचयन कायम गरेका छन ।

जिल्लामा नौ लाख जनसंख्या भएको र चार लाख बाहिरी गरि करिब १३ लाख जनसंख्या रहेको अपराधीक गतिविधिको दृष्टिकोणले पनि भारतको बिहार सम्म सिमा जोडिएको कारणले लागुऔषद, हातहतियार, मानव बेचबिखन, चोरी र अधिक लुटपाट हुने ठाउँ रहेकोले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइ यस्ता गतिविधिलाई निस्तेज पार्न सक्रिय उनले दैनिक जसो भइरहने विभिन्न विरोध, प्रदर्शनमा पनि कमि ल्याएर जिल्लालाई शान्त बनाएका छन् । तत्कालीन समयमा धनुषा जिल्लाभित्र समस्या उत्पन्न हुँदा समस्या समाधानार्थ सम्बन्धित निकायहरुसँग छिटो-छरितो समन्वय गरि समाधान गरिएको छ । विभिन्न समस्या, अनैतिक गतिविधिहरुलाई समाधान गर्नको लागि moving from.filed action.paper plan कार्ययोजना तयार गरि यसको सिद्धान्तको आधारमा कामकार्वाही गर्न सहज भएको बताइएको छ ।
सर्वसाधारणको दीर्घकालीन हितकै लागि उनले नागरिक मैत्री सम्बन्धलाई प्रथामिकतामा राखि विभिन्न जनसम्पर्कका कार्यक्रमहरु अल्पसंख्यकसङ्ग प्रहरी, सवारी दुर्घटना रोकथाम तथा न्युनिकरण, प्रथाना प्रशिक्षण, विद्यालय प्रहरी, लघुसचेतानात्मक कार्यक्रम गरि जिल्लामा भइरहेका जातिय तथा धार्मिक संस्था बिचको उग्र, बिद्रोह, सामाजिक सद्भाव खल्बलिने अवस्था रोक्ने, विभिन्न वडा, पालिका, राजौतिक पाटि बिच भएको एकआपसमा मनमुटाव लगायत विभिन्न सामाजिक समस्याहरु समाधानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन ।
फलस्वरूप आफ्नो निष्ठावान प्रहरिको परिचय कमाउदै उनी यतिबेला नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । नेपाल प्रहरीसङ्ग सम्बन्धित राम्रा नराम्रा समाचारका बिच तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुखबाट उत्कृष्ट, उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै बिदा हुने क्रममा छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख १९, शुक्रबार २२:०३निष्ठावान प्रहरिको परिचय कमाउदै: तिवारी
समाचार२०८२ बैशाख १, सोमबार २१:०९मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान
समाचार२०८१ चैत्र २४, सोमबार १८:२९पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
समाचार२०८१ चैत्र १३, बिहीबार १८:१४सिद्धबाराह तपोवन सन्यास आश्रममा गायत्री पुरश्चरण तथा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै