क्षत्री महिला समाजको रक्तदानमा ४६ युनिट रक्त संकलन

पोखरा । क्षत्री महिला समाजको रक्तदानमा ४६ युनिट रक्त संकलन भएको छ । पोखराको पृथ्वीचोक स्थित उक्त समाजले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा क्षत्री महिला समाज नेपाल, जिल्ला कार्यसमिति, कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रमको मूल उद्देश्य समाजमा सकारात्मक सन्देश फैलाउने र आवश्यक समयमा रगतको अभाव नहोस भन्ने रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रिब थापाले समाजका महिला दिदिबहिनीहरुले रक्तदान आयोजना गरेकोमा आभार व्यक्त गर्दै सबैभन्दा ठूलो पुन्यको काम गरेको बताए । उनले भने, यो धेरै ठूलो तीर्थ हो । यस्तो मानविय संवेदनासंग, स्वास्थ्यसंग जोडिएका विषयहरुमा कार्य गर्नु महत्वको कुरा हो । यस्ता कर्म गरेपछि तीर्थ गर्नका लागि अन्यत्र जानै पदैन ।
नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरु अग्रसर भएर जिवन बचाउने अभियानमा जोडिनु र रक्तदान कार्यक्रम आयोजना गर्नु धेरै राम्रो काम गरेको बताईन् । संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको छ । र म महिलाले नै आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा गर्व लागेको छ उनले भनिन्।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजलाई स्वस्थ बनाउन र आफु पनि स्वस्थ रहन रक्तदान अति आवश्यक भएको बताए । उनले भने, म पनि हरेक तीन तीन महिनामा रक्तदान गरिरहन्छु तपाँई पनि गर्नुस् । यसले आफु पनि स्वस्थ भईन्छ र अरुको जिवन बचाउन सकिन्छ ।
सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले आफुले रगतको बारेमा चासो लिने गरेको बताउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गरेर रगतको अभावमा छटपटिएका कसैको जिवन बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।
क्षत्री महिला समाजका सचिव माया भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेत लगायतले आगामी दिनहरुमा पनि विविध सामाजिक कार्यका साथमा रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिईने बताईन् । कार्यक्रम अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा भएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल