विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी

काठमाडौँ- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिकाबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । त्यसअवसरमा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका सङ्घर्षमा योगदान गर्नुहुने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरियो ।
सोअवसरमा अग्रज पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा महासङ्घले देशभरकै पत्रकार अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्दै आएकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको बताउनुभयो ।
उहाँले अहिले पनि दण्डहिनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै वस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल र काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याललगायतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको अग्रमोर्चामा रही योगदान पुर्याएको नेपाली पत्रकारिताले आवाजविहीनका आवाजका रूपमा काम गरि रहेको समेत स्मरण गराउनुभयो । उहाँहरूले मुलुकमा अझै पनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्न परिरहेको घटना स्मरण गर्नुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १९, आईतवार २१:४५‘गणतन्त्रबादी शक्ति एक हुनुपर्ने बेला आएकाे छ’: सचिब बिस्वकर्मा
समाचार२०८२ जेष्ठ १९, आईतवार २०:५८भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक
समाचार२०८२ जेष्ठ १९, आईतवार १८:४१राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन र जीवितदेवी कुमारीबाट टीका ग्रहण
समाचार२०८२ जेष्ठ १९, आईतवार १८:०३रुबीभ्यालीमा तामाङ मातृभाषा लिपी सम्बन्धी प्रशिक्षण कार्यक्रम