‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक, हमालको दमदार अवतरण

काठमाडौं। महानायक राजेश हमालको प्रतिक्षित कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर बिहीवार काठमाडौंको सिभिल मलमा विशेष समारोहबीच सार्वजनिक गरिएको छ। सार्वजनिक भएको केही मिनेटमै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको ट्रेलरले फिल्मप्रतिको दर्शकको उत्सुकता झल्काएको छ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकारलगायत दर्जनौं कलाकारको अभिनय देख्न सकिन्छ।
एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सको मिश्रण बोकेको ट्रेलरमा हमाल र कटुवालको टकरावले कथा अझ रोचक बनाएको देखिन्छ। पारिवारिक कथा र सामाजिक सन्देशले दर्शकको मन छुने विश्वास लिइएको छ।
फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायांकन समावेश छ।
नेम महर्जनको लगानीमा तयार भएको यो फिल्मका निर्माता दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन्। करण सिंह प्रोडक्सन म्यानेजर रहेका छन् भने सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन्।
फिल्म आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ। एक्सन र भावनात्मक कथाले भरिएको यस फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८३ बैशाख २०, आईतवार १४:१५स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
खेलकुद२०८३ बैशाख २०, आईतवार ०९:२८चेन्नाई सुपर किंग्सको शानदार जित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २३:४०गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक








