नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

धादिङबेशी,२६ बैशाख । नीलकण्ठ नगरपालिकाको १२ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ । बिहीबार वन तथा वातावरण मन्त्री ऐन बहादुर सिं ठकुरीको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को २०७१ साल वैशाख २५ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका गठन भएको हो । उक्त गठन भएको दिन बैशाख २५ गतेलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको अवसरमा आयोजित बिभिन्न खेलकुद कार्यक्रमका बिजेताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले नेपाल पत्रकार महासंघ संघ फुटसल, नेपाल क्रिकेट संघ सग क्रिकेट, ब्याडमिन्टन र बुद्धिचाल लगाएतको प्रतियोगिता सम्पन्न गरेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले स्वदेशी स्रोत र कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरेको बताउनभएको छ । उहाँले स्वदेशी काठको प्रयोग प्रवद्र्धन गर्न नीति सुधार गरिएको र दिगो वन व्यवस्थापनमार्फत रोजगारी र आय आर्जनको अवसर सिर्जना गर्ने योजना रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई जनताको नजिकको सरकार भन्दै यसको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो । नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट स्थानीय तहको रूपमा रहेको उल्लेख गर्नुभयो । केही शक्तिहरूले संघीय लोकतान्त्रिक प्रणाली कमजोर बनाउन खोजेपनि जनताको सक्रियताले लोकतान्त्रिक गणतन्त्र बलियो बन्दै गएको बताउनुभयो ।
धादिङको आधा भूभाग वन क्षेत्रले ढाकिएकोले पर्यटन, रोजगारी र आर्थिक विकासमा वनको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पार्दै, स्थानीय तहसँग मिलेर वन ऐनलाई प्रभावकारी बनाउन पहल भइरहेको जानकारी जनाकारी दिनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले सम्रग नीलकण्ठ नगरपालिकाको परिचय, अवस्था र उपब्धिहरुको प्रस्तुतीकरण सहित अवधारण प्रस्तुत गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संबिधानसभा सदस्य गुरु बुर्लाकोटी, जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा, धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, नेपाली काँग्रेसका नेता रमेश धमला, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, नीलकण्ठ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बद्री दहाल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाली काँग्रेसका प्रतिनिधि नारायण पोखरेल, नेकपा एमालेका कृष्ण अर्याल, एनेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण २५, शनिबार २१:४७३१ औँ विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सक्रिय उपस्थिति
समाचार२०८२ श्रावण २५, शनिबार २०:१९असारे विकासको कुरुप ‘शङ्खमूल सडक’ भित्ता समाउँदै हिलाम्मे सडक पार
समाचार२०८२ श्रावण २५, शनिबार १८:४७गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले
समाचार२०८२ श्रावण २५, शनिबार १८:३५विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व