धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धादिङबेशी, २६ बैशाख । धादिङको नेत्रावती डबजोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ’पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
विहिबार पालिका स्तरिय खोप समन्वय समिति अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्याम पोखरेलको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्याम पोखरेलले खोप लगाउन पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको बताउनु भयो । उहाँले जब सम्म सम्पुर्ण नागरिकहरुलाई पुर्ण रुपमा खोप लगाउन शिक्षित गराउन सकिदैन तब सम्म पुर्ण खोप सुनिश्चिता कार्यक्रम निरन्तर भईरहने बताउनु भयो ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चत घोषणा गर्न स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण भुमिका भएको भन्दै धन्यावाद प्रकट गर्दै आगामी दिनमा अझै आफ्नो कार्य निष्ठावान ढंगबाट सम्पन्न गर्नका लागि आग्रह गर्नु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १४:००चलचित्र ‘पाँच पाण्डव’मा सुशील सिटौला अनुबन्धित
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास







