ऊनको स्वीटर’को दमदार ओपनिङ, दोस्रो दिन पनि हलहरूमा दर्शकको भीड

ऊनको स्वीटर’को दमदार ओपनिङ, दोस्रो दिन पनि हलहरूमा दर्शकको भीड

काठमाडौ। शुक्रवार  देखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ। रिलिजको पहिलो दिन शुक्रवारदेखि नै काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्स र सिङ्गल स्क्रिन हलहरूमा दर्शकको बाक्लो उपस्थिति देखियो। वितरकका अनुसार अधिकांश शो हाउसफुल भए, जसले चलचित्रप्रति दर्शकको उत्साह प्रष्ट्याउँछ।

शुक्रवार बिहानदेखि राति अबेरसम्म दर्शकको चाप कायम रह्यो। काठमाडौंका हलहरूमा कलाकारहरूले दर्शकसँग भेटघाट गरी सकारात्मक प्रतिक्रियाका लागि आभार व्यक्त गरे। पहिलो दिनको अपार सफलतापछि हलहरूले शनिवारका लागि शो सङ्ख्या थपेका छन्। वितरक गोविन्द शाहीले शनिवार बिहानैदेखि अधिकांश हल हाउसफुल भएको र चलचित्र हाल ३०० भन्दा बढी हलमा प्रदर्शन भइरहेको जानकारी दिए।

‘ऊनको स्वीटर’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। शुक्रवार र शनिवारको कलेक्सन एकसाथ सार्वजनिक गर्ने तयारी छ। प्रिमियर शोमै विशिष्ट अतिथि र दर्शकको ताली बटुलेको यो चलचित्रले नेपाली संस्कृति, समाज र प्रेमकथालाई भावनात्मक रूपमा प्रस्तुत गर्छ।

नवीन चौहानद्वारा निर्देशित यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुरज तमु, सुनिल पोखरेललगायतको अभिनय छ। गीत, ट्रेलर र टिजरले पहिल्यै दर्शकको उत्सुकता जगाएको ‘ऊनको स्वीटर’ले दोस्रो दिनको बिहानैदेखि देखिएको दर्शकको साथले बक्स अफिसमा बलियो यात्राको संकेत गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =  

Protected by Spam Master