थबाङमा हुर्किँदै १८ प्रजातिका ४५ हजार स्याउका बिरुवा

दाङ- रोल्पाको थबाङमा १८ प्रजातिका ४५ हजार स्याउका बिरुवा हुर्काइएको छ ।
व्यावसायिक स्याउ खेतीलाई विस्तार गर्ने उद्देश्यले थबाङका कृषक नीरजकुमार बुढाले सञ्चालन गरेको नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिएको हो । लामो समय मुस्ताङको स्याउ बगैँचामा काम गर्नुभएका थबाङका बुढाले गाउँभरिको जग्गा भाडामा लिएर स्याउको नर्सरी सञ्चालनमा ल्याउनुभएको हो ।
विश्वकै सबैभन्दा उन्नत प्रजातिका ४५ वटा स्याउका बिरुवा उत्पादन गरिएकोमा जम्मा १८ प्रजातिका स्याउका बिरुवा मात्र उत्पादन भएका हुन् । ‘नेपाललाई स्याउमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार पहिलो चरणमा आफ्नो गाउँलाई आत्मनिर्भर बनाउने योजना छ’ प्रकृति एग्रो रिसर्च सेन्टरका सञ्चालक बुढाले बताउनुभयो ‘त्यसपछि जिल्ला, प्रदेश हुँदै देशलाई आत्मनिर्भर बनाउने हो ।’
नेपालमा उत्पादनको राम्रो सम्भावना भएर पनि बर्सेनि ९ अर्ब रुपैयाँभन्दा धेरैको स्याऊँ आयात भइरहेकाले त्यसलाई घटाउँदै लैजानुपर्ने उहाँको भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १०, बिहीबार १०:४५सरकारलाई पूर्वस्वास्थ्यमन्त्री पौडेलकाे सुझाव:’ओपीडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं’








