२०८२ जेठमा नेपाली सिनेमाघरमा ६ चलचित्र, ‘काशीराम’ देखि ‘भाइरल गोर्खे’ सम्म , कस्तो होला व्यापार ?

काठमाडौ। सामाजिक, हास्य, धार्मिक र राजनीतिक स्वाद बोकेका ६ नेपाली चलचित्र जेठ २०८२ मा प्रदर्शनमा आउँदैछन्। फरक–फरक कथावस्तु, चर्चित कलाकारहरूको अभिनय र अनुभवी निर्देशकहरूको निर्देशनमा तयार भएका यी फिल्महरूले नेपाली सिनेमाघरमा उत्साह थप्ने अपेक्षा गरिएको छ।
जेठ २ गते: ‘के घर के डेरा: घर नम्बर २’ र ‘हेल्लो काशिराम’ दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘के घर के डेरा: घर नम्बर २’ बुद्धिसागरको कथामा आधारित छ। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। डेरामा बस्ने र घरभेटीबीचको हास्यपूर्ण द्वन्द्व प्रस्तुत गर्ने यस फिल्मको निर्माता नकिम उदीन,शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन्।
‘हेल्लो काशिराम’ रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको ‘हेल्लो काशिराम’ सामाजिक व्यंग्यमा आधारित छ। रेडलाइन फिल्मस् प्रा।ली को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यस चलचित्रलाई पि. वि. थापाले लगानी गरेका हुन् । यम आले डिओपी, मित्र डी। गुरुङ सम्पादक तथा रंग संयोजक रहेको चलचित्रमा दिलीप रायमाझीसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई, अर्जुन गुरुङ,नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय देख्न सकिने निर्माण टिमले जनाएको छ । यस चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको छ ।
जेठ ९ गते: ‘नरसिंहा अवतार’ दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘नरसिंहा अवतार’ भगवान विष्णुको नरसिंह अवतारको कथामा आधारित छ। फिल्ममा राजेश हमाल, सरोज खनाल, नीति शाह, प्रशान्त ताम्राकार, नीर शाह लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। यो एक्सन–सोसल ड्रामा फिल्मले धार्मिक दृष्टिकोणबाट दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यो फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको यो फिल्मको ट्रेलरले युट्युबमा राम्रो प्रतिक्रिया पाई रहेको छ ।
जेठ १५ गते: ‘महाभोज’ गाउँ समाजको राजनीति, भ्रष्टाचार र जनताका संघर्षमाथि केन्द्रित ‘महाभोज’ सामाजिक तथा राजनीतिक कथामा आधारित फिल्म हो। चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।
जेठ २३ गते: ‘जन्ते बाख्रो’ सिमोस सुनुवारको निर्देशन र प्रदीप भारद्वाजको लेखनमा बनेको ‘जन्ते बाख्रो’ यो कमेडी फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय रहेको छ। गरिबी, सपनाको पछाडि दौडिरहेको जीवन र समाजका विविध पक्षलाई रमाइलो शैलीमा देखाउने प्रयास गरिएको छ।
जेठ ३० गते: ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनाले मानिसको जीवनमा पर्न सक्ने प्रभावलाई प्रस्तुत गर्ने फिल्म हो ‘भाइरल गोर्खे’। चलचित्र भाइरल गोर्खेलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्। चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ सँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्रमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको छायांकन रहेको चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार









