‘ऊनको स्वीटर’को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक

काठमाडौं । हाल आक्रामक व्यापारमा रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको यो गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।
चलचित्रका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको माग अनुसार गरिएको जानकारी दिए । उनका अनुसार, चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको हो । साथै, यो गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डूले जनाएको छ ।
गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ, “चाइनेजो जिन्दगानीमा गीत मार्फत हामी आर्टमाण्डूको नेपाली चलचित्रको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान हो, जसले नेपाली फिल्मलाई आजको स्थान सम्म पुग्न आधार तय गरेका थिए । सुजन चापागाईँ द्वारा सङ्गीत एवम् स्वर बद्ध यो गीत सम्माननीय दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको छ, जसले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्छ ।”
गीतमा सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ । आइतबार तेस्रो दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह घटेको छैन । सोमवार सार्वजनिक बिदा भएकाले व्यापार अझ तीव्र हुने अपेक्षा गरिएको छ ।
विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ का ट्रेलर, टिजर र गीतहरूले दर्शकको आकर्षण खिचिरहेका छन् । पहिलो दिनदेखि नै देखिएको दर्शकको उल्लेखनीय उपस्थिति चलचित्रको सफल यात्रा तर्फको सङ्केत गरिसकेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’