‘नरसिंहाः अवतार’ ट्रेलरको तहल्का : २ दिनमै १० लाख भ्यूज, दर्शकको उत्साह चुलिँदै

‘नरसिंहाः अवतार’ ट्रेलरको तहल्का : २ दिनमै १० लाख भ्यूज, दर्शकको उत्साह चुलिँदै

काठमाडौ। दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा रिलिज भएको २ दिनमै १० लाख भ्यूज पाएको छ ।  म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक यो ट्रेलर हाल मुभी सेक्सनको तेस्रो नम्बर ट्रेन्डिङमा छ।

महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याकले यो फिल्मप्रति दर्शकको उत्साह चुलिएको छ। ट्रेलरमा राजेशको गर्जन र उनको दमदार उपस्थितिलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा र शेयरको लहर चलेको छ। ट्रेलरमा ४,३०० भन्दा बढी कमेन्ट प्राप्त भएका छन्, जसमध्ये अधिकांश सकारात्मक छन्।

फिल्मको गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ सर्वाधिक चर्चामा छ। ट्रेलरको हाइपले बक्स अफिसमा बलियो ओपनिङको अपेक्षा गरिएको छ। फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठलगायतको अभिनय रहेको छ।

नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानीमा बनेको यो फिल्मले नेपाली सिनेमामा फरक स्वाद दिने अपेक्षा गरिएको छ। दर्शकको यो उत्साहले फिल्म रिलिजको प्रतिक्षा झनै रोमाञ्चक बनेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  आमाको जन्मदिनमा सुमनको अनुपम उपहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   3   =