‘रिमै’ चलचित्रको फर्स्टलुक सार्वजनिक, भदौ २७ गतेदेखि प्रदर्शन

‘रिमै’ चलचित्रको फर्स्टलुक सार्वजनिक, भदौ २७ गतेदेखि प्रदर्शन


काठमाडौ।
खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बुद्ध जयन्तीको अवसर पारेर सोमबार सार्वजनिक तीनवटा पोस्टरमार्फत चलचित्र आगामी भदौ २७ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको हो।

सार्वजनिक तीन पोस्टरमध्ये पहिलोमा अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङ प्रस्तुत छन्। दोस्रो पोस्टरमा उनीहरूसँगै गौमाया गुरुङ पनि देखिएकी छन्। तेस्रो पोस्टरमा भने प्रमुख कलाकारहरूलाई सामूहिक रूपमा प्रस्तुत गरिएको छ। पोस्टरहरूले गुरुङ समुदायको सांस्कृतिक पहिचान झल्काएको देखिन्छ।

‘रिमै’ गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको चलचित्र हो। चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ। बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर पनि चलचित्रमा देखिनेछन्।

चलचित्रको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन्। वीरबल घले कार्यकारी निर्माता रहेका चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताका रूपमा संलग्न छन्। चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादकको रूपमा कार्यरत छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =  

Protected by Spam Master