‘नरसिंहाः अवतार’मा राज र शनिषाको संवादको चर्चा

काठमाडौ। आगामी जेठ ९ गतेबाट रिलिज हुने नेपाली फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरमा समावेश संवादले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। विशेषगरी, नायक राज कटुवाल र नायिका सनिषा भट्टराईको प्रेमिल संवादले दर्शकको ध्यान खिचेको छ।
टिकटकमा यो संवादलाई लिएर भिडियो बनाउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ।दिवाकर भट्टराईद्वारा लेखन र निर्देशन गरिएको यो फिल्ममा एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रिलरको मिश्रण रहेको छ।
ट्रेलरमा नायक राज कटुवालको भनाइ, “कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिँदैन। तिमीलाई विर्सिएर कसरी सास फेर्नु?” ले दर्शकको मन छोएको छ। जवाफमा नायिका सनिषा भट्टराईले सोध्छिन्, “को हौं तिमी मेरो?” यो संवादले सामाजिक सञ्जालमा तीव्र चर्चा कमाएको हो।
ट्रेलर सार्वजनिक भएसँगै राज कटुवालको एक्सन दृश्यको पनि खुबै तारिफ भइरहेको छ। राज र सनिषाले दर्शकको यो मायालाई सकार्दै फिल्ममा आफूहरूको प्रेमको विशेष कथा र रसायनले दर्शकलाई बाँध्ने बताएका छन्।
“हाम्रो प्रेमको कथाले दर्शकको मन जित्नेमा विश्वस्त छौँ,” राजले भने।नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने निर्माता रहेको यो फिल्ममा राजेश हमाल, नीति शाह, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले बक्स अफिसमा सुखद् सुरुवात गर्ने अपेक्षा निर्माण टिमले गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल
समाचार२०८३ बैशाख १०, बिहीबार ०७:५६ज्वालामूखी गाउँपालिकाका करार कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध








