दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिनु पर्छ :सांसद आचार्य

रसुवा – प्रतिनिधिसभा सदस्य मोहन आचार्यले शैक्षिक क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ ।
रसुवाको कालिका–२ मा अवस्थित कालिका हिमालय माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै उहाँले देशको विकास, रोजगारीको सृजना र आर्थिक समृद्धिका लागि शिक्षा मेरुदण्ड भएको बताउनुभयो ।
“पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले प्राथमिकता दिँनु पर्ने भन्दै उहाँले “आधुनिकता र प्रविधिको उपयोगलाई शिक्षामार्फत पूर्वाधार निर्माणमा जोड्न सक्नुपर्छ भन्नुभयो।”
हाल कृषि, प्रविधि (आइटी), इञ्जिनियर, मेडिकल क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले अध्ययनको व्यवस्था मिलाउन उहाँले सरकार र समुदायको ध्यानाकर्षण गराउनुभयो ।
विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा चालु शैक्षिक सत्रमा ७०० बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता






