कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, वैशाख ३० । भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन् ।
टेस्ट क्रिकेटमा १२३ खेल खेलेका उनले ९ हजार २३० रन बनाएका छन् । जसमा ३० शतक बनाउदा सर्वाधिक रन अविजित २५४ हो ।
६८ टेस्टमा टोलीको नेतृत्व गरेका उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरूमध्ये एक हुन् । यससअघि कोहलीले भारतले सन् २०२४ को विश्वकप जितेपछि टि-२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराइसकेका थिए । बीसीसीआइले भने उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो । यसअघि अर्का स्टार ब्याटर रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








