टिपरको ठक्करबाट वृद्धको मृत्यु, सडकमै शव राखेर स्थानीय प्रदर्शनमा

सिरहा- सिरहाको मिर्चैया नगरपालिका-७ स्थित बकरी बजारमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
आज बिहान मिर्चैया फुलबारी-७ बकरी बजारका ७० वर्षीय महिन्द्र महराको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख राजेश राज पुरिले जानकारी दिनुभयो ।
बकरी बजार कटारी जाने सडकखण्ड अन्तर्गत बकरी बजारमा बा.प्र ०१-००४क ૨९५३ नम्बरको टिपरले पूजा गर्न जाँदै गरेका महरालाई बिहान पाँच बजेको समयमा ठक्कर दिएको थियो ।
कटारी चुन ढुङ्गा खानीबाट ढुङ्गा लिएर मिर्चैयातर्फ आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा दुर्घटना दिँदा महाराको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै भेला भएका स्थानीयले मिर्चैया-७ फुलबरिया बकरी बजार मुख्य कटारी जाने सडकखण्ड अवरूद्ध बनाएर प्रदर्शन गरेका छन् ।
मृतकका आफन्त र स्थानीयले टिपरले ब्याक गरेर किचेर मारेको आरोप लगाएका छन् । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’