‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा

काठमाडौं । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । चलचित्रमा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ ।
गीत रिलिज भएको केही समयमै दर्शकमाझ लोकप्रिय बन्न थालेको छ भने यसले चलचित्रप्रति दर्शकको उत्साह अझै बढाएको देखिएको छ । एक समय नेपाली सिनेमा क्षेत्रमा आफ्नो राज जमाएकी अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन् ।
भारतको मुम्बईमा रहेकी सिंहले कलाकार परीक्षा लिम्बू र एलेक्स पारससँग टेलिफोन संवादमा सिंहले भिडियो आफूलाई अत्यन्त मन परेको जनाइन् । उनले परीक्षाको नृत्य देख्दा आफूलाई त्यही क्षणमा फर्किएको महसुस भएको बताउँदै युवा कलाकारहरूले आफूलाई गीत समर्पण गरेकोमा आभार प्रकट गरिन् । एलेक्स पारसको नृत्यले दिलीप रायमाझीको झल्को दिएको उनले उल्लेख गरिन् ।
गीतको भिडियोमा परीक्षा र एलेक्सलाई सन् २००१ मा सार्वजनिक भएको सुपरहिट फिल्म ‘दर्पण छाया’ को झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ । विशेषतः नृत्यको हुकस्टेप पनि त्यही फिल्मको चर्चित गीत ‘त्यो डाँडा पारी’ सँग मेल खाने खालको राखिएको छ । चलचित्रमा एलेक्स पारसले दिलीप रायमाझीको प्रशंसकको भूमिका निर्वाह गरेका छन् ।
यसैबीच, बुद्ध जयन्तीको अवसरमा परेको सोमबारको सार्वजनिक बिदाको दिन ‘ऊनको स्वीटर’ ले देशभर व्यापक दर्शक आकर्षण गरेको छ । अधिकांश हलमा चलचित्रका शो हाउसफुल देखिएका छन् ।
शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो गरिरहेको र सोमवार थप शो प्राप्त गरेको वितरक गोविन्द शाहीले जनाएका छन् । सोमबारको बिदाका लागि देशभर थप शोहरू तोकिएको र चलचित्रको व्यापार अझ आक्रामक भएको छ । चलचित्रको ट्रेलरले पनि युट्युब ट्रेन्डिङमा पहिलो स्थान ओगटेको छ ।
नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूको सकारात्मक प्रभावले गर्दा ‘ऊनको स्वीटर’ अहिले नेपाली बक्स अफिसमा चर्चा र सफलता दुवैले सुशोभित भइरहेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या