संस्कृत विद्यापीठमा अनुसन्धान विधि तालिम सम्पन्न

पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा १ बगर भिमकालिपाटनमा अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँच दिने अनुसन्धान विधि तालिम प्राध्यापक र विद्यार्थीको सहभागितामा मङ्गलवार सम्पन्न भएको छ ।
२०८२ साल वैशाख २६ गतेदेखि ३० गतेसम्म पाँच दिन चलेको यस कार्यक्रममा विद्यापीठमा कार्यरत प्राध्यापक, शास्त्री तृतीय वर्षमा अध्ययनरत विद्यार्थीका साथै पोखरामा अवस्थित पृथ्वीनारायण, जनप्रिय, कालिका बहुमुखी, शिवशक्ति क्याम्पस, पोखरा विश्वविद्यालय लगायतका उच्च शिक्षण संस्थामा कार्यरत प्राध्यापकहरूको सहभागिता रहेको थियो । तीन भाषामा लेखिएका अनुसन्धान प्रविधिसम्बद्ध कार्यपत्रहरूको प्रस्तुति, छलफल र कार्यशालाका २० सत्र रहेको तालिमको उद्घाटन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले उच्च शिक्षा र नीतिनिर्माणमा अनुसन्धान पद्धतिको अपरिहार्यतामाथि प्रकाश पारे । उनले यस्ता कार्यक्रमले कुशल अनुसन्धाता उत्पादन गरी शैक्षिक उत्कृष्टता सुदृढ गर्नुका साथै नवप्रवर्तनमा पनि टेवा पुर्याउँछ, कुशल अनुसन्धाताद्वारा सञ्चालित प्राज्ञिक अनुसन्धानले राष्ट्र र समाजको उन्नतिको पूर्वाधार खडा गर्छ भन्ने धारणा राखेका थिए ।
त्यसैगरी उद्घाटन मन्तव्य राख्दै पूर्व प्राचार्य प्रा. श्रीराम बराल, निवर्तमान प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मी, अंग्रेजी शिक्षण विभागका विभागीय प्रमुख प्रा. सत्यराज सुवेदी, विद्यापीठका प्राचार्य सहप्रा. आनन्दमणि रिजाललगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका सहभागीलाई अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सहप्रा. डा. योगराज पौडेलले स्वागत गरेका थिए ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँच दिनसम्म सञ्चालित कार्यक्रममा अनुसन्धान विधि सम्बद्ध १० ओटा कार्यपत्र प्रस्तुति, छलफल र कार्यशालाका २० सत्रहरूको सञ्चालन एकाइका सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए । तालिमको उद्घाटनसँगै डा. नवराज न्यौपानेले Challenges in Choosing the Research Topic शीर्षकमा कार्यक्रमको पहिलो कार्यपत्र प्रस्तुत गरेका थिए । ज्योतिष विभागका विभागीय प्रमुख प्रा. श्रीराम बरालको अध्यक्षतामा सम्पन्न त्यसलगत्तैको सत्रमा पहिलो सत्रमा प्रस्तुत कार्यपत्रमाथि छलफल र कार्यपत्रमा आधारित भई कार्यशाला सञ्चालत गरिएको थियो । सहप्रा. डा. भवानीशङ्कर भट्टराईद्वारा अनुसन्धाने सैद्धान्तिकपक्षस्य उपयोगः शीर्षकको कार्यपत्र प्रस्तुति, छलफल र कार्यशालाका दुई सत्रको अध्यक्षता अनुसन्धान व्यवस्थापन एकाइका सदस्य तथा व्याकरण विषयका सहप्रा. भोलानारायण रेग्मीले गरेका थिए ।
अंग्रेजी शिक्षण विभागका विभागीय प्रमुख प्रा. सत्यराज सुवेदीको अध्यक्षतामा सम्पन्न दोस्रो दिनका पहिला दुई सत्रमा डा. नवराज न्यौपानेले Research Gap and Interconnectedness of Problems in the Research शीर्षकमा कार्यपत्र प्रस्तुति छलफल र कार्यशाला गरिएको थियो । त्यसैगरी तेस्रो सत्रमा प्रस्तुत सहप्रा. डा. भवानीशङ्कर भट्टराईले गुणात्मकानुसन्धाने शोधविधिः शीर्षकको कार्यपत्रमाथि चौँथो सत्रमा छलफल र त्यसमा आधारित कार्यशाला सञ्चालित यी दुवै सत्रको अध्यक्षता सहप्रा. डा.योगराज पौडेलले गरेका थिए । तेस्रो दिन डा. सविन्द्र राज भण्डारीद्वारा सञ्चालित Exploring the Interrelationship among Statement of the Problem, Research Questions, Objectives and Methodology in the Research शीर्षकका कार्यपत्र प्रस्तुति छलफल र कार्यशाला सञ्चालित पहिलो र दोस्रो सत्रको अध्यक्षता सहप्रा. राधाकृष्ण गैरेले गरेका थिए भने निमित्त प्राचार्य सह-प्रा.अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न त्यसपछिका दुई सत्रमा डा. खगेन्द्र घोडासैनीले शोधसामग्री विश्लेषण र निष्कर्षणका प्रक्रिया शीर्षकमा कार्यपत्र प्रस्तुति, अन्तरक्रिया र कार्यशाला सञ्चालन गरिएका थिए ।
चौँथो दिन डा. खगेन्द्र घोडासैनीको शोधमा सन्दर्भङ्कन र सुरज पौडेलको अनुसन्धानमा पूर्वकार्य समीक्षा लेखन विषयका कार्यपत्र प्रस्तुति, अन्तरक्रिया र लेखन कार्यशालाका चार सत्रको अध्यक्षता क्रमशः पृथ्वीनारायण क्याम्पसको नेपाली विभागका उपप्राध्यापक निर्मल सापकोटा र विद्यापीठको अंग्रेजी विभागका उपप्रा. कृष्णबहादुर सुनार गरेका थिए ।
कार्यक्रमको अन्तिम दिन डा. श्रीधर न्यौपानेले शोधमा सामग्रीको सत्यापन र अर्थापनको औचित्य सहप्रा. डा. योगराज पौडेलले Research Models शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुति छलफल र कार्यशालाका सत्रको अध्यक्षता शिवशक्ति क्याम्पस फूलबारीका उपप्राध्यापक इन्दिरा भण्डारी तथा कालिका बहुमुखी क्याम्पस काजिपोखरीका सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गरेका थिए । अन्तिम सत्रमा छलफल र कार्यशालासमापनपछि आयोजित समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
समापन मन्तव्य दिँदै विद्यापीठका निमित्त प्राचार्य सहप्रा. अम्बिकाप्रसाद भट्टराईले सहभागी र आयोजकको सक्रियताले विद्यार्थीको प्रागिक कर्ममा नयाँ इट्टा थपेको धारणा राखेका थिए । मणि डुम्रे, निर्मल सापकोटा, शान्ति कुमारी गुरुङ, राजेश घिमिरे लगायतका सहभागीबाट उद्देश्यअनुसार प्रभावकारी र सफल रहेको, तालिम निकै ज्ञानवर्धक रहेको, अनुसन्धानका लागि तालिममा प्राप्त ज्ञान र सीप निकै उपयोगी हुने प्रतिक्रिया प्राप्त भएको थियो । कार्यक्रम अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्रा. डा. चुडामणि कडेलको अध्यक्षतामा र सदस्य सचिव उपप्राध्यापक प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २४, मंगलवार ०९:१६रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार
समाचार२०८२ असार २४, मंगलवार ०७:०९त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ असार २४, मंगलवार ०७:०८‘सामाजिक सञ्जाल आगो हो, सदुपयोग नगरे झोसिन्छ’: एलिना चौहानको स्पष्ट सन्देश
समाचार२०८२ असार २३, सोमबार २२:२३ज्वालामुखी गाउँपालिका किसानहरूलाई अनुदानमा हाते ट्याक्टर