विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न राप्रपाको प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
आज प्रधानमन्त्रीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देन नेतत्वमा ज्ञापनपत्र बुझाइएको हो । उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी हुनुहुन्थ्यो ।
राप्रपाले आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि भविष्यमा कसैले आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणको माग गरेको छ ।
त्यसका लागि राजनीतिक दल र जेनजीलगायत पक्षधर सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम गर्नुपर्ने र अब हुने आमनिर्वाचनमै अन्तरजिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव रहेको र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरेको छ ।
‘जेनजी’ प्रदर्शनमा सहभागी भएकै कारण प्रदर्शनका सहभागीलाई पक्रने, मुद्दा लगाउने जस्ता काम भइरहेकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने, प्रदर्शनका क्रममा भएका सहिद भएकाहरूका परिवार र घाइतेका माग अविलम्ब पूरा गर्न, सरकारसँग विभिन्न माग लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेकाहरूलाई उपेक्षा गर्न नहुने र वार्ता तथा संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएकको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम







