नेपाल बीमा प्राधिकरण : ५७ औँ वार्षिकोत्सवमा बृहत रक्तदान

पोखरा । नेपाल बीमा प्राधिकरणले बीमा दिवसको अवसरमा बीमा सम्बन्धि सचेतनात्मक कार्यक्रमहरु गर्दै आएकोमा आज बुधबार नेपाल बीमा प्राधिकरणले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा नेपाल रेडक्रस सोसाइटि कास्की शाखाकी सभापति उर्मिला खड्का भण्डारी हुनुहुन्थ्यो ।
त्यस्तै , विशेष अतिथिहरुमा पेसागत बीमा अभिकर्ता संघ केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारी , पोखरा निम्स च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल र सर्वियर एसोसियसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारीको विशेष अतिथि रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा प्रदेश प्रमुख सर्वियरहरु , अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा बीमाका शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थितिले वृहत रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटि कास्की शाखाकी सभापति उर्मिला खड्का भण्डारीले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमलाई विधिवत ढंगले अगाडी बढाउनुभयो ।
रक्तदान जीवनदान , जीवनदान महानदान भन्ने उच्च आदर्श प्रेरणाबाट प्रेरित भइ नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाकालदेखि नै आफू मातहतका विभिन्न अभिकर्ताहरु लगायत आफू मुख्य रुपमा आयोजना गरि कयौँ पटक रक्तदान गर्नुभएकोमा नेपाल रेडक्रस सोसाइटि कास्की प्रादेशिक रक्त संचारको तर्फबाट धन्यवाद दिनुभएको थियो ।
यहाँहरुले यस्तै पुण्य कार्यलाई आउँदा दिनहरुमा पनि निरन्तरता दिनुहुन्छ भन्ने विश्वास व्यक्त गरे ।
प्रमुख अतिथि भण्डारीले यस कार्य असाध्यै राम्रो पक्ष पनि हो, आफ्नो उत्तरदायित्व लिनुपर्ने बताउनुभयो । त्यस्तै , जीवन बीमा र रगत तथा रक्तदानको सम्बन्ध नजिक रहेको बताउनुभयो जसरी मानिसको गोजीबाट पैसा हराएर, नासिएर जान्छ, त्यसैगरि महिना महिनामा मरेर जाने सेलहरु, खेर जाने रगतहरु दिँदा रक्तदान गर्दा मानिसको प्राण बच्ने हुँदा रक्तदान गरि पुण्य कमाऊ उपस्थित वक्ताले बताए ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले यस पुनित कार्यमा आफ्नो अमूल्य समय प्रदान गरि रक्तदान गर्नुहुने सबै रक्तदाताहरुलाई ८४ युनिट रगत संकलन गर्न सफल भएकोमा विशेष अतिथि, प्रमुख अतिथि एवं सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
केहि तस्बिरहरु :











































































लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
खेलकुद२०८३ बैशाख १२, शनिबार ११:३८सुकुमवासी बस्तीका ६० प्रतिशत संरचना भत्काइयो







