गभर्नर सिफारिस गर्न गठित समिति पुनर्गठन

काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित समिति पुनर्गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो । मन्त्रिपरिषद्ले समिति पुनर्गठन गर्दै अर्थविद् डा. पोषनाथ पाण्डेलाई सदस्य नियुक्त गरेको छ ।
यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य हुनुहुन्थ्यो । तर पौडेलले समितिको सदस्यबाट राजीनामा दिएपछि एक पद रिक्त थियो ।
पौडेलको ठाउँमा अर्थविद् डा. पाण्डेलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता






