लागूऔषधसहित बालकोट र थिमीबाट ६ जना पक्राउ

भक्तपुर- सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट एक र मध्यपुरथिमी नगरपालिका बोडेबाट पाँचजना गरी प्रहरीले लागूऔषध विक्री वितरण गरेको सूचनाको आधारमा ६ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले प्रिसियस स्कुल नजिकैबाट नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ ओखरपौवा घर भएका वर्ष ३७ का हरिनाथ कोइरालालाई पक्राउ गरेको हो ।
कोईरालालाई डेराकोठामा आगूऔषध ब्राउन सुगर जस्तो देखिने १.३२ ग्रामसहित पक्राउ गरेको जनाएको छ । यस्तै मध्यपुरठिमी नगरपालिका वडा नं. ९ बोडेबाट पाँचजनालाई बुधबार पक्राउ गरेहो हो ।
खोटाङ ऐसेलुखर्क गाउँपालिका घर भई हाल भक्तपुर बोडे बस्ने स्वदेश राई, काभ्रे रोशी गाउँपालिका घर भई हाल बोडे निलबाराहि बस्ने छिरीङ लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका, बोडे बस्ने अमिर बस्नेत, धुन्चेपाखा बस्ने नेस्नल भन्ने सम्राट राई, सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा बस्ने बिकास लामा पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट मोबाइल ३ थान र नगद पाँच हजार रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ । लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले स्वदेश राईको डेराकोठा खनतलासी गर्दा उक्त कोठाभित्रबाट लागूऔषध लगाएतका दसी बरामद भई पक्राउ गरी लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना








