‘ऊनको स्वीटर’ देशभर हाउसफुल, सुजन-विपिनसहित देशव्यापी दर्शक भेट्ने

काठमाडौ । चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश शोहरू हाउसफुल भएको जानकारी दिएका छन् ।
कतिपय हलहरूमा ‘डिल डे’ परेको अवसरमा दिनभर नै हाउसफुल शो चलेको वितरकको भनाइ छ । उनीहरूका अनुसार अधिकांश शोहरू भरिभराउ रहेकाले व्यापार राम्रो भएको अनुमान गरिएको छ । यद्यपि, केही हलबाट अझै पूर्ण रिपोर्ट नआएकाले विस्तृत कलेक्सन चाँडै सार्वजनिक गरिने जनाइएको छ ।
चलचित्रको व्यापारसँगै यसको सङ्गीत पक्ष पनि उत्तिकै चर्चामा छ । हालै सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले सामाजिक सञ्जालमा सनसनी नै मच्चाइरहेको छ । रिलिजको तेस्रो दिन सार्वजनिक भएको यो गीतले श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसअघि रिलिज भएका गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ पनि करोडौँ दर्शकको मन जित्न सफल भइसकेका छन् ।
छैटौँ दिन बिहीबार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरू दर्शकमाझ साक्षात्कार गरिरहेका छन् । दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ । निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन् ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूले निर्माणको सुरुदेखि नै चर्चा बटुल्न सफल यो चलचित्र दर्शकमाझ ‘हिट’ बन्दै गएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल