धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

धादिङ, ०२ जेठ ।
धादिङबेसीमा निलकन्ठ नगरपालिका स्तरिय पोषण प्रवर्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ । जनस्वास्थ्य कार्यालय, धादिङको आयोजनामा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा पोषणस्तर सुधारका उपायहरू र विषादी प्रयोग नियन्त्रणका विषयमा सरोकारवालाबीच गहन छलफल गरिएको थियो।
जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीले समुदायमा पोषणस्तर सुधार गर्न स्थानीय तहले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनचेतना फैलाउने, सन्तुलित आहारको प्रवर्धन गर्ने, सुरक्षित खानेपानीको सुनिश्चितता गर्ने र घरमै तरकारी उत्पादनलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य निरिक्षक विष्णु रिजालले विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाका लागि पोषण सुधार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने मा जोड दिनुपर्ने बताउनु भएको थियो।
त्यसैगरी नगरपालिकाका कृषि अधिकृत समुन्द्र श्रेष्ठले विषादीको दुष्प्रभावबारे सहभागीहरूलाई अवगत गराउँदै विषादी प्रयोग घटाउने वैकल्पिक उपायहरूमध्ये जैविक तथा अर्गानिक खेतीलाई पहिलो रोजाइमा राख्नुपर्ने धारणा राख्नुभयो। कृषकहरूलाई विषादीसम्बन्धी उचित तालिम, वैज्ञानिक जानकारी तथा वैकल्पिक प्रविधिहरूको पहुँच आवश्यक रहेको बताउँदै उहाँले अर्गानिक उत्पादनलाई बजारसम्म सजिलै पु¥याउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सुगमटोल टोल सुधार समिति अध्यक्ष राजकुमार श्रेष्ठ, र टोल सुधार महासंघका अध्यक्ष नर बहादुर श्रेष्ठले आ–आफ्ना धारणा राख्दै यस्ता कार्यक्रमहरूले पोषण सुधार र विषादी नियन्त्रणमा दीर्घकालीन रूपमा नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
सहभागि कृषक निराजन दुवाडीले उपभोक्ता तहमा विषादीबारे जनचेतना अभाव रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । बजारमा विषादी प्रयोग नगरिएको उत्पादन र विषादी प्रयोग गरिएको उत्पादनबीच प्रतिस्पर्धा हुनाले अर्गानिक उत्पादनले टिक्न नसक्ने स्थिति उत्पन्न भएको बताउनुभयो । उहाँले उपभोक्तालाई विषादीको प्रभाव र सुरक्षित उत्पादनबारे जानकारी दिन जरुरी रहेको उहाँको भनाइ छ ।
त्यस्तै वडा नं ३ का वडा सदस्य सन्तोष थापाले वडास्तरबाट कृषिमा आधारित विभिन्न तालिमहरू सञ्चालन गरिएको जानकारी दिँदै, घरेलु फोहोर विशेषगरी भान्साबाट फालिने तरकारीका बोक्राहरूको उचित सदुपयोग गर्न सकिने बताउनुभयो । उहाँले ती जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गरेर जैविक खेतीलाई प्रवर्धन गर्न सकिने उल्लेख गर्नुभयो।
उहाँले पोषण प्रवर्धनको पहल केवल स्थानीय तहमा मात्र सीमित नराखी, संघीय र प्रदेश सरकारबाट समेत प्रभावकारी नियमन, अनुगमन तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, कृषकहरूको हक हित संरक्षण गर्दै उनीहरूको उत्पादन सुरक्षित, स्वच्छ र उपभोक्ता–मैत्री बनाउने दिशामा वडाले आवश्यक पहल गरिरहेको विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम वडा नं. ३ का वडा सदस्य सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाहरु, कृषक, विद्यार्थी, सञ्चारकर्मी, क्यान्टिन सन्चालक, कृषि सहकारीका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो कार्यक्रमपछि जनस्वास्थ्य कार्यालयले समुदायमा रहेका नसर्ने तथा दीर्घरोग नियन्त्रणमा ध्यान दिन सरोकारवालालाई अनुरोध गरेको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:३०प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:१८बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
समाचार२०८२ श्रावण १५, बुधबार २०:५१मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवश्यक: प्रहरी महानिरीक्षक
समाचार२०८२ श्रावण १५, बुधबार १६:१९नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित