‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने

काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको पोस्टरमा ‘महाभोज’का प्रमुख तीन जना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ । दयाहाङले दौरा-सुरुवाल, ढाका टोपी, र माला लगाएका छन् । उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन् । यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन् । यी तीनै पात्रको अनुहारको भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ ।
यो चलचित्रका निर्देशक दिनेश राउत हुन्, जसको निर्देशन शैली सशक्त सामाजिक सन्देश र कथा प्रस्तुतीकरणमा आधारित हुन्छ । उनको यो आठौँ चलचित्र हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा सुवेदीले लेखेका छन् ।
यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ ।
‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ ४, शनिबार ०७:४३कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कला, विचार/मनोरञ्जन२०८२ जेष्ठ ३, शुक्रबार २१:३९‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने
कला, विचार/मनोरञ्जन२०८२ जेष्ठ ३, शुक्रबार २१:३२‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
समाचार२०८२ जेष्ठ ३, शुक्रबार २०:१५हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’