नव जीवन महिला विकास संस्थाको १२औं स्थापना दिवस तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम

पोखरा । नव जीवन महिला विकास संस्थाले आफ्नो १२औं स्थापना दिवस तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा सदस्य पर्मेस्वर कार्कीले संस्थाले महिला सशक्तिकरण, सामाजिक जागरण, सीप विकास, र जेष्ठ नागरिकप्रतिको सम्मानमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गरे। उहाँले भने, “समाज परिवर्तनमा महिला अगुवाइ अत्यन्त आवश्यक छ, र नव जीवन महिला विकास संस्था यस क्षेत्रमा प्रेरणाको स्रोत बनेको छ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का निवर्तमान वडा अध्यक्ष कमल बहादुर थापा, पत्रकार महासंघका उपाध्यक्ष कञ्चन थापा, तथा संस्थाका सल्लाहकार निश्चल पोख्रेल र संस्थाका संस्थापक अध्यक्ष कमला थापा लगायतले संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गरे ।
संस्थाले विगत १२ वर्षदेखि महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम, जनचेतनामूलक कार्यक्रम तथा समुदायस्तरका सहयोग गतिविधिहरू गर्दै आएको छ। यसै अवसरमा संस्थाले समाजका योगदानकर्ता जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै उनीहरूको अनुभव र योगदानको कदर गरेको थियो।
कार्यक्रमले महिला सशक्तिकरण र जेष्ठ नागरिक सम्मानजस्ता समाजका महत्वपूर्ण विषयहरूलाई उजागर गर्दै संस्थाको सामाजिक दायित्वप्रतिको प्रतिबद्धता प्रस्ट पारेको छ ।
संस्थाका अध्यक्ष सिमा पोख्रेलको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रम सचीव सचीव सबिता तिमिल्सिनाले संचालन गरेकी थिइन ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18240, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने
समाचार२०८३ बैशाख १५, मंगलवार २०:२४पोखरामा जुवातास खेल्दै गरेका ८ जना ६३ हजार नगद सहित पक्राउ








