चलचित्र पत्रकार संघ मकवानपुरले गर्यो वाग्ले, फागो र अधिकारी पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले गर्यो वाग्ले, फागो र अधिकारी पुरस्कृत

 

हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ ।
संघले शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए । संघले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो । तीन दशक देखी छापा माध्यमका सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आवद्ध छन् । संघले मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृती कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक रेनिस फागोलाई नगद सहित सम्मान गरेको छ । दुई सय भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेम गीतका सिरिज्, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् । दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिएको थियो । विस २०५६ जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय,नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका वडा ६ का अध्यक्ष विष्णु दाहाल, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल(वान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, संघका सल्लाहकारहरु, रुपेश दुलाल, सुशान्त श्रेष्ठ,अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतरी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, ओम्याक्स हलका सञ्चालक राम राजभण्डारी,रंगकर्मी भोलाराज सापकोटा, उज्वल शर्मा भण्डारी, चलचित्र नरसिंहा अवतारका निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =  

Protected by Spam Master