विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, खतिवडाको अध्यक्षतामा बागमती कमिटी गठन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । शनिबार काठमाडौंस्थित ठमेलमा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेश कमिटिको कार्यसमिति निर्विरोध चयन भएको हो ।
फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरुमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाई र सुदिप थापा चयन भएका छन ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विदेशमा भएका नेपाली उद्यमीहरुले नेपालसँग जोड्न गरेको यो प्रयासको प्रशंसा गरे । उनले युवा उद्यमीहरुको यो प्रयासलाई सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्य अनुसार बाग्मती प्रदेश कमिटि गठन गरिएको बताए ।
महासंघका नेपाल संयोजक रामशरण थापाले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरुलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए । ‘हाम्रो उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउनु हो,’ उनले भने, ‘विभिन्न देशमा रहेका युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन यसले महत्वपूर्ण मञ्चको काम गरिरहेको छ।’
यस्तै, फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले ९ वटा देशमा आफ्नो संजाल विस्तार गरिसकेको जानकारी दिदै विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीबीच पुलको काम गरिरहेको बताए । उनले युवा उद्यमीहरुलाई फिनेले सक्दो सहयोग र सहकार्य गर्ने बताए । महासंघमा सयभन्दा बढी समर्पित उद्यमीहरू सदस्य छन् । यसको जापान, अमेरिका, बेलायत, मध्यपूर्व, मकाउ, हङकङ, चीन, अष्ट्रेलिया तथा अन्य विभिन्न उपक्षेत्रहरूमा शाखाहरू क्रियाशील छन्।
उद्यमी राजेन्द्र खेतानले युवा उद्यशिलता विकासका लागि ‘क्राउड फण्ड’ संकलनमा फिनेलाई सहकार्य गर्न आग्रह गरे । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनलाई विदेशमा ब्राण्डिङ गर्ने उद्येश्यसहित प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र देश विदेशमा रहेका युवा उद्यमीलाई जोड्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार विदेशमा मात्र संजाल रहेको फिनेले बाग्मती प्रदेशमा आफ्नो संजाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरुलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको जनाएको छ । फिनेका उपाध्यक्ष समिम अन्वरले संस्थाको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रमलाई महासचिव इन्जिनियर दिपेन घलेले संचालन गरेका थिए । कार्यक्रममा यूएसए, यूके, अष्ट्रेलिया, हङकङ, जापान, चीन लगायत विभिन्न देशबाट आएका फिनेका प्रतिनिधिको सहभागिता थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द







