नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङ,जेठ ०४ गते ।
नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्विकृत सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रम, सेवा प्रवाहको अवस्था, बजेटको उपयोगिता, योजना लगायत सम्रग नगरपालिकाबाट प्रवाह भएको सेवा सुविधाहरुको विषयमा जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाईमार्फत नागरिकहरूबाट प्रत्यक्ष रुपमा उनीहरुका जिज्ञासा गुनासो, प्रश्न तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा उपस्थित नागरिकहरूले स्वास्थ्य सेवा, खानेपानी, सडक निर्माण, शिक्षा, लगायत विषयमा धारणा राख्दै सुधारको आवश्यकता औँल्याएका थिए।
नागरीकहरुले राखेका प्रश्न, जिज्ञासा तथा गुनासोहरुको नगर प्रमुख भीम प्रसाद ढुंगाना र उप–प्रमुख दिपक विश्वकर्माले संबोधन गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, कार्यपालिका सदस्यहरु, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी, शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय नागरीक पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।
https://www.facebook.com/share/v/19kHc2yM2r/

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल
समाचार२०८३ बैशाख १०, बिहीबार ०७:५६ज्वालामूखी गाउँपालिकाका करार कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध







