नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

धादिङ,६ जेठ
चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र नीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । सोमबार सम्पन्न भएको प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता बन्दै रनिङ शिल्ड हात पारेको हो । यो सँगै नीलकण्ठ नगरपालिकाले लगातार तेसे पटक जिल्ला स्तरीय रनिङ शिल्ड जितेको हो ।
राष्ट्रपति रनिङ शिल्डमा थाक्रे गाउँपालिका दोस्रो भएको छ । थाक्रे गाउँपालिकाले ८ स्वर्ण पदक, ११ रजत र ८ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो ।प्रतियोगितामा रुवीभ्याली गाउँपालिका तेस्रो भएको छ । रुवीभ्यालीले ५ स्वर्ण पदक, ३ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । जिल्लाका १३ वटा स्थानिय सरकार मध्ये एघार वटा स्थानीय सरकारले प्रतियोगितामा भाग लिएका थिए ।पुरस्कार वितरण तथा समापन समारोहका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।
खेल शिक्षक नियुक्त गरेर होस वा पालिकामा विभिन्न खेलकुद प्रतियोगिता सन्चालन गरेर भएपनि खेलाडी उत्पादन गरीरहेको बताउनुभयो । प्रतियोगिताले जिल्लाभरिका खेलाडीबीच आपसी समझदारी, मित्रता र खेल भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो। धादिङ जिल्लामा आयोजित यो प्रतियोगिता विद्यालयस्तरका खेलाडीहरूका लागि क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च भएको सहभागी विद्यालयहरूको प्रतिक्रिया रहेको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने