बिद्यार्थीको नेतृत्व छनोट गर्न न्यु किबो बोर्डिङ स्कुलमा आज निर्वाचन, ४३ जना उम्मेदवारी

धादिङबेशी,९ जेष्ठ । न्यु किबो बोर्डिङ विद्यालयले शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन गर्न आज शुत्रबार विद्यालयस्तरीय निर्वाचनको कार्यक्रम आयोजना गरकोे छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा ७, ८ र ९ का विद्यार्थीहरूबाट नेतृत्व छनोटका लागी कुल ४३ जनाले उम्मेदवारी दिएका छन् । विद्यालय कप्तान र उप–कप्तान पदका लागि रातो, पहेलो, हरियो, र निलो चारै सदनबाट १/१ जना गरी ४/४ जना उम्मेदवार परेको उहाँले जानकारी दिनु भयो ।
यसैगरी, सदन कप्तान र उप–कप्तानका लागि पनि उल्लेख्य संख्यामा विद्यार्थीले उम्मेदवारी दिएका छन् । पहेलो सदनबाट कप्तानका लागि ४ र उप–कप्तानका लागि ५, हरियो सदनबाट कप्तान र उप–कप्तान दुवै पदमा ४/४, रातो सदनबाट ५ र ४, र निलो सदनबाट क्रमशः ४ र ५ जनाले उम्मेदवारी दिएका छन् ।
विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले यस चुनावमार्फत विद्यार्थीहरूलाई सामाजिक विषयका व्यवहारिक पक्ष सिकाउने उद्देश्य लिएको र स्थानीय निर्वाचनझैँ प्रक्रिया अपनाएर विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा दिन खोजिएको बताउनुभयो ।
निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्तादेखि मतगणनासम्मको सबै कार्य विद्यार्थीहरूको सहभागितामा पारदर्शी रूपमा सम्पन्न गरिने प्रिन्सिपल रेग्मीले बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न







