पिएसबी नेपालले मधेश प्रदेशको जनकपुरमा ब्यूरो कार्यालय स्थापना गर्ने

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले मधेश प्रदेशमा ब्यूरो स्थापना गर्ने भएको छ ।
मधेश प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको मधेश भवन भित्र पिएसबी नेपालको मधेश ब्यूरो कार्यालय स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार मधेश भवन भित्र नेपाल टेलिभिजन तथा रेडियो नेपालको स्टुडियो सहितको संरचना निर्माण तथा उत्पादित सामाग्रीहरूको नेपाल टेलिभिजनको इटहरी च्यानल तथा रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिबासबाट प्रसारण गरिने छ।
सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सार्वजनिक सेवा प्रसारण नेपालको मधेश ब्यूरो कार्यालय स्थापनाले मधेशका जनताका आवाजलाई संचार माध्यममा समेट्न तथा मधेशका कला संस्कृति, भाषा, भेषभूषालाई संरक्षण एवं सम्बर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नु भयो।
यसैगरी, मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले लामो इतिहास बोकेका दुई संचार संस्था गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण नेपालको ब्यूरो कार्यालय मधेश भवन भित्र स्थापना हुनु मधेश सरकारको लागि हर्षको विषय भएको बताउनु भयो।
मधेश ब्युरो कार्यालयले पिएसबीको मुल्य र मान्यता बमोजिम मधेशका आवाज बिहिन जनताहरूका आवाजलाई प्राथमिकतामा राखेर कार्यक्रम उत्पादन र प्रसारण गर्न मन्त्री लेखीले सुझाव दिनुभयो ।
यसैगरी, पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले मधेश ब्युरो कार्यालयको स्थापनाले मधेश प्रदेशका गतिविधिहरू आम जनमानसमा प्रभावकारी रूपमा प्रवाह गर्न अझै सजिलो हुने बताउनुभयो।
सार्वजनिक सेवा प्रसारण नेपालको मधेश ब्युरोले मधेश केन्द्रित जन सरोकारका विषयहरूलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम उत्पादन प्रसारण गर्ने प्रतिवद्धता डा विष्टले व्यक्त गर्नुभयो।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
समाचार२०८३ बैशाख २, बुधबार ०७:५७बाघ बच्छला मन्दिर चुलीको नवनिर्मित भवनको उद्घाटन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो







