पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु

पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि दुईतर्फी रूपमा सेवा सुरु गरिएको हो।

धनराज आचार्यले मंगलबार विमानस्थल परिसरमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरे। हाललाई यो सेवा असार मसान्तसम्म परीक्षणका रूपमा निःशुल्क सञ्चालन गरिने जनाइएको छ।

महानगरपालिकाले महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंक सँगको सहकार्यमा सेवा सुरु गरेको हो। हवाई यात्रुलाई भरपर्दो, सहज र व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको नगर प्रमुख आचार्यले बताए।

उनका अनुसार पहिलो चरणमा परीक्षणका रूपमा सञ्चालन गरिएको सेवाको प्रभावकारिता मूल्याङ्कन गरी आगामी दिनमा थप परिष्कृत ढंगले निरन्तरता दिइनेछ। साथै, भविष्यमा यो सेवा पोखराका अन्य प्रमुख गन्तव्यसम्म विस्तार गर्ने योजना पनि रहेको उनले उल्लेख गरे।

विद्युतीय बस चार्ज गर्नका लागि पर्यटक बसपार्कस्थित चार्जिङ स्टेसनमा आवश्यक व्यवस्था गरिएको छ। विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार बसको समय तालिका समायोजन गरिने जनाइएको छ।

कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, दिवसमान प्रधानांग, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना तथा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की लगायतको उपस्थिति रहेको थियो।

साथै विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदी, वडाध्यक्षहरू, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21349, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master