ब्राउनसुगरसहित तीन जना पक्राउ

पोखरा ।
कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले शनिबार दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका हुन् ।
लागू औषधको बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले तनहुँको व्यास नगरपालिका–६ स्थायी घर भई हाल पोखरा–९ बस्ने ३० वर्षीय विपिन अधिकारी र बाराको जितपुर सिमरा नगरपालिका–२ स्थायी घर भई हाल सोही स्थानमा बस्ने ३६ वर्षीय सत्रुधन ढकाललाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २२२ मिलिग्राम ब्राउनसुगर र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, शनिबार साँझ पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने ३३ वर्षीय सन्तोष जिसी रहेका छन् ।
उनको साथबाट २ ग्राम ५२ मिलिग्राम ब्राउनसुगर र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएको पदार्थको परीक्षण तथा अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21335, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने








