धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन

धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन

काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार सो मितिमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले बताएका छन् ।

निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेम, द्वन्द्व र सम्बन्धका जटिल भावनामा आधारित कमेडी–ड्रामा फिल्म हो । “एकअर्कासँग छुट्टिएर बस्न नसक्ने तर सँगै रहन पनि कठिन हुने जोडीको भावनात्मक यात्रा नै फिल्मको मुख्य विषय हो,” उनले भने ।

फिल्ममा धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा छन् । उनीहरूसँगै पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ र सुवर्ण थापालगायत कलाकारको अभिनय रहेको छ ।

फिल्ममार्फत ‘मिस इन्डिया २०२६’ की ‘मिस मल्टिमिडिया’ विजेता दीकिला शेर्पाले नेपाली फिल्ममा डेब्यु गरेकी छन् । उनी यसअघि ‘मिस टिन फेसन आइकन २०२१’ विजेता तथा भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’बाट चर्चामा आएकी हुन् ।

निर्माण टिमका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि विभिन्न देशबाट प्रस्ताव आइरहेका छन् र केही बजारमा प्रदर्शन अधिकारबारे छलफल अन्तिम चरणमा पुगेको छ ।

फिल्ममा उमङ्ग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको संगीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व संगीत तथा शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने काठमाडौंमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘मुया रानी’ सार्वजनिक : प्रेमको गहिरो भाव बोकेको गीत
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =  

Protected by Spam Master