रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

धादिङ, बैशाख २१ गते ।
नीलकण्ठ नगरपालिका–८ स्थित रामकोट माध्यमिक विद्यालयमा विपन्न तथा सीमान्तकृत विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ। एक्सन नेपालको आयोजना तथा Hart4onderwijs Nepal (डच फाउन्डेसन) को सहयोगमा सञ्चालित ‘सदिक्षा छात्रवृत्ति परियोजना’ अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको हो।

विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत १०७ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप विद्यालय पोशाक, झोला, कापी, कलम, क्यालकुलेटर, ड्रइङ सामग्री लगायत सामग्री वितरण गरिएको हो ।

आर्थिक अभावका कारण विद्यालय छोड्ने जोखिममा रहेका ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सहयोग प्रदान गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले बताउनुभयो । उहाँले भन्नुभयो, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयमै टिकाइ राख्न र शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ढुंगानाले बताउनुुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले प्राप्त सामग्रीको सदुपयोग गर्दै शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा आफुले शैक्षिक सामाग्री पाउँदा खुशी लागेको र यस्तो प्रकारको सहयोगले पढाइमा धेरै सहजता ल्याउने विध्यालयकी विध्यार्थी सन्ध्या थापा मगरले बताउनुभएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रकाश श्रेष्ठले एक्सन नेपालको सहयोगमा विद्यालयमा सम्पन्न छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ ।

उहाँका अनुसार विद्यालयमा अधिकांश विद्यार्थी कुमाल समुदायका भएकाले आर्थिक अभावका कारण विद्यालय पोशाक, स्टेशनरी लगायत आवश्यक सामग्री जुटाउन कठिनाइ भइरहेको थियो। यस्तो अवस्थामा एक्सन नेपालद्वारा गरिएको विद्यालय पोशाक, स्टेशनरी तथा अन्य आवश्यक सामग्री वितरणले विद्यार्थीहरूलाई विद्यालय आउन प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस् :  सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नगरपालिकाका स्रोतव्यक्ति मेघनाथ कोइराला, एक्सन नेपालका कार्यकारी प्रमुख कमलराज ढुंगाना लगायत एक्सन नेपाल टिमको उपस्थिति रहेको थियो ।

रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

May be an image of one or more people and text

 

May be an image of one or more people, people smiling and text that says "सर्दिक्ष छत्रबृति e te छात्रवृत्ति वित ya Sch bution p"

May be an image of one or more people, people smiling and text

 

May be an image of child, suitcase and text

 

May be an image of one or more people and text

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =  

Protected by Spam Master