धादिङ कारागारमा एक थुनुवाले गरे झुन्डिएर आत्महत्या

धादिङ – बुधवार धादिङ कारागारमा गए राती एक थुनुवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका ७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुन्डिएर आत्महत्या गरेको कारागारले जनाइएको छ ।
चालु महिनाको ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्क्षकालागी धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समय सम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काँधमा चढी झ्यालबाट हेर्दा झुण्डीएकोअवस्थामा भेटिएको धादिङ कारागारका प्रशासक राममणि मिश्रले बताउनु भयो ।
उनले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका हुन् ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोस्टमार्टमका लागी धादिङ अस्पताल पठाइएको प्रशासक मिश्रले बताउनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०३सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
समाचार२०८२ भाद्र ५, बिहीबार १८:५६नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मङ्सिरमा हुने