पूर्वराष्ट्रपति भण्डारी चीनको गान्सु प्रान्तमा आयोजित विभिन्न कार्यक्रममा सहभागी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको गान्सु प्रान्तमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति भण्डारीसंग गान्सु प्रान्तको डुनहाउङमा गान्सु प्रान्तका सरकारका प्रतिनिधिहरु तथा कम्युनिष्ट पार्टीका नेताहरुले भेटवार्ता गर्नुभयो ।
त्यसवखत उहाँहरुबीच द्वीपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भयो । राजधानी बेइजिङबाट हिजो गान्सु प्रान्तको डुनहाउङ पुग्नुभएका पूर्व राष्ट्रपति भण्डारीले त्यहाको स्थानीय जनजीवनको अवलोकन र जानकारी लिनुभयो । चीनको उत्तर पश्चिममा अवस्थित डुनहाउङ गोबी मरुभूमी र सिल्करोडको प्रमुख आकर्षक विश्रामस्थलकारुपमा समेत परिचित छ ।
डुनहाउङमा चौथो शताव्दीदेखिका पुरातात्विक र प्राकृतिक गुफाहरुका बौद्ध प्रश्तर प्रतिमाहरु देख्न पाइन्छ । स्थानीय ग्रामीन जनजीवनको अवलोकनका क्रममा पूर्व राष्ट्रपति भण्डारीले गान्सु सरकारको सहयोग र चिनियाँ कम्युनिष्ट पार्टी स्थानीय कमिटीको पहलमा सञ्चालित होम स्टेबारे पनि जानकारी लिनुभयो ।
त्यसवखत उहाँले होम स्टेले ग्रामीण जनतामा उद्यमशीलताको विकासका साथै आय आर्जनमा पुगेको सहयोगका बारेमा स्थनीय जनताबाट जानकारी हासिल गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले ग्रामीण स्तरको होम स्टेबाट स्थानीयको जीवनस्तरमा पुगेको योगदानको प्रशंसा समेत गर्नुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







