‘मिस युनिभर्स नेपाल २०५२’ को खोजी सुरु, आवेदन खुला

‘मिस युनिभर्स नेपाल २०५२’ को खोजी सुरु, आवेदन खुला

काठमाडौं । नेपाली सुन्दरताको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने ‘मिस युनिभर्स नेपाल २०२५’ को लागि आवेदन खुला गरिएको छ। बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यसबारे जानकारी गराएको हो।

इच्छुक उम्मेदवारहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट, वा सोसल मिडिया प्लेटफर्महरूबाट आसार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। आयोजकका अनुसार यो प्रतियोगिता सबै नेपाली महिलाहरूका लागि खुला छ — चाहे उनीहरू अविवाहित, विवाहित, डिभोर्सी वा लैंगिक अल्पसंख्यक किन नहून्। आवेदनकर्ताले कम्तीमा १८ वर्ष उमेर पुगेको र १२ कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ।

कार्यक्रमका राष्ट्रिय निर्देशक संगीता पुरीले प्रतियोगिताले समावेशी मूल्यमा विश्वास राख्ने बताउँदै भनिन्, “उचाइ, तौल वा वैवाहिक स्थितिले यहाँ बाधा पुर्‍याउँदैन। हामी प्रतिभालाई खोज्दैछौं, परिधिलाई होइन।”

यस वर्षको प्रतियोगिता फरक शैलीमा प्रस्तुत गरिनेछ। आयोजकका अनुसार ८ एपिसोडको टिभी सिरिजमार्फत सम्पूर्ण प्रतियोगिता प्रसारण गरिनेछ। कुन च्यानलबाट प्रसारण गरिने भन्ने टुंगो लागिनसकेको भए पनि दर्शकहरूले फिनालेभन्दा अगाडि नै प्रतिस्पर्धीहरूको यात्रा टिभीमा अवलोकन गर्न पाउनेछन्।

कार्यक्रममा हालकी मिस युनिभर्स नेपाल सम्पदा घिमिरेले आफ्नो कार्यकालका मुख्य झलकहरूको भिडियो प्रस्तुत गरिन्। साथै, पछिल्लो संस्करणका रनरअपहरूलाई पनि सम्मानपूर्वक प्रस्तुत गरिएको थियो।

चयन प्रक्रिया अन्तर्गत अडिसनबाट छानिएका प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ पाउनेछन्, जसपश्चात भदौमा क्लोज क्याम्प आयोजना हुनेछ। यस संस्करणमा कोरियोग्राफरको भूमिकामा दिक्पाल कार्की रहनेछन् भने नयाँ लोगो पनि सार्वजनिक गरिएको छ

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *