गणतन्त्र दिवसको अवसरमा पत्रकार तथा सर्जकहरु पुरस्कृत

धादिङ,१५ जेठ ।
गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले सात जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
प्रदेश सरकारले अग्रज सम्मान पत्रकारिता पुरस्कार मकवानपुरका प्रताप बिष्ट, बागमती पत्रकारिता पुरस्कार काठमाडौका कुमारभक्त रजिञ्तकार (नेपालमा भाषामा समाचार तथा कार्यक्रम सञ्चालन गर्ने), संस्थागत पत्रकारिता पुरस्कार (नेपाल पत्रकार महासंघमा बागमती प्रदेशका १३ जिल्ला मध्ये एक मात्र निर्वाचित जिल्ला अध्यक्ष) शोभा अर्याल, ग्रामिण पत्रकारिता पुरस्कार धादिङमा क्रियाशिल पत्रकार नवराज छत्कुली,बिकास पत्रकारिता पुरस्कार चितवनका नेपोलियन चेपाङ, (गोरखापत्र दैनिकमा चेपाङ भाषा सम्पादनमा क्रियाशिल),प्रदेश गौरव पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकमा तामाङ भाषामा समाचार सम्पादनमा क्रियाशिल क्रियाशिल कमला तामाङ (अस्मि स्याङतान तामाङ), युवा पत्रकारिता पुरस्कार नुवाकोटका रामचन्द्र अर्याल (जनआन्दोलनका घाइते तथा काठमाडौमा हिमालयन टेलिभिजनमा क्रियाशिल) लाई प्रदान गरेको छ ।
चलचित्र तर्फ प्रदेश सरकारले बागमती चलचित्र पुरस्कार काठमाडौका मनोजकुमार केसी र साहसिक चलचित्र पुरस्कार काठमाडौका अर्जुन कार्की ९सर्वाच्च शिखर सगरमाथामा १ मिनेट १० सेकेण्ड शिर्सासन गरी बिश्वकीर्तिमान कायम गर्न सफल डेढ दर्जन बढी चलचित्रका नायक तथा कलाकार०लाई साहसिक चलचित्र पुरस्कार प्रदान गरेको छ ।
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा आयोजित चलचित्र पटकथा लेखन कार्यशालामा सहभागी भएका २० जना मध्ये सात जनाले निर्माण गरेका लघु चलचित्रका सर्जकहरु लघु चलचित्रको मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा प्रथम हुने चितवनका अशोक पाठक, द्धितिय हुने दोलखाकी उषा अधिकारी, तृतिय हुने काठमाडौका दिप्नेश श्रेष्ठ, सान्त्वना तर्फ चितवनका प्रेम प्रसाद सापकोटा र काठमाडौका गोपाल थापालाई नगदसहित पुरस्कृत गरिएको छ ।
लघु चलचित्र तथा बृत्तचित्र निर्माण गर्ने प्रदीप पाण्डे, गणेश खडका, गृष्ठ श्रेष्ठ, एबिन्द्र मादेन लिम्बु, शिव पुरी, प्रभाकर देव शर्मा र दीपक कुमार घिमिरेलाई प्रशंसा पत्र प्रदान गरिएको छ । गणतन्त्र मूल समारोहमा प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले सम्मान तथा प्रंशंसापत्र, मुख्यमन्त्री माननीय बहादुरसिंह लामा ९तामाङ० ले दोसल्ला र आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछानेले नगद पुरस्कार प्रदान गुर्न भएको थियो ।
प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा बुधबार हेटौडामा लघु चलचित्र तथा बृत्तचित्र प्रदर्शन गरिएको छ । सन्देशमूलक लघुचलचित्र निर्माण भएको प्रतिक्रिया प्रदेशप्रमुख देवकोटाले व्यक्त गर्नु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







