बचतकर्ताको रकम हिनामिना गर्ने राय पक्राउ

काठमाडौँ- कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







