आठ टिमको सहभागिता हुने « रिपोर्टर्स नेपाल

सिरहा, १९ जेठ । सिरहा नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।
सिरहा–७ स्थित सिरहा क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता यही जेठ २५ गतेसम्म सञ्चालन हुने आयोजक सलहेश युवा क्लब सिरहाले जनाएको छ । ‘युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा स्थानीय र राष्ट्रियस्तरका गरी आठ टिमको सहभागिता हुने गोल्डकपका संयोजक राजीपकुमार यादवले बताए ।
उनका अनुसार चित्लाङ फुटबल क्लब काठमाडौँ, चत्या सा फुटबल क्लब झापा, न्यू स्टार युथ क्लब सुनसरी, वीरगञ्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फुटबल क्लब उदयपुर, गोलबजार स्पोट्र्स क्लब सिरहा र आयोजक सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउने छन् ।
आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले नगद दुई लाख, उपविजेताले एक लाखसहित गोल्डकप ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता नगद पुरस्कार र ट्रफीसहित सम्मानित गरिने बताइएको छ ।
सिरहा जिल्लाबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुका साथै राजा सलहेशको नामलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यले बर्सेनि प्रतियोगिता सञ्चालन गर्दै आएको सलहेश युवा क्लबका अध्यक्ष यादवको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक








