आज स्कटल्याण्डसँग खेल्दै नेपाल « रिपोर्टर्स नेपाल

काठमाडौं, जेठ १९ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरू हुँदैछ । स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ ।
फोर्थहिल डुन्डीमा खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरू हुनेछ । नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
लिग–२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा छ । नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेलमात्रै जितेको छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ भने २६ अंकसहित नेदरल्याण्ड्स दोस्रो र २४ अंकसहितथ ओमान तेस्रो स्थानमा छ । चौथो स्थानमा स्कटल्याण्ड छ भने समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ । त्यसपछि नामिबिया, युएई र नेपाल छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २३:४०गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै








