बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रमको समिक्षा

बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रमको समिक्षा

धादिङ, जेठ १९ गते ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा शिक्षक साटासाट (Teacher exchange) कार्यक्रमको समिक्षा कार्यक्रम गरिएको छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइको लागि संचालन गरिएको शिक्षक साटासाट कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

शैक्षिक गुणस्तर अभिवृद्धि र नवीन अभ्यास प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ साल पुस १६ गतेदेखि सात दिनका लागि पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

शिक्षकहरू बीचको अनुभव, सीप र शिक्षण शैलीको आदान–प्रदानमार्फत विद्यार्थी सिकाइमा सकारात्मक सुधार आएको प्रारम्भिक मूल्यांकन देखिएका गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो। “शिक्षकहरूको सक्रियता र सकारात्मक ऊर्जा उत्साहजनक छ । यसलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ,” अध्यक्ष थपलियाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शिक्षकहरूले विभिन्न विद्यालयका पद्धति र सामग्री प्रयोगको अनुभव लिएर आफ्नो कक्षामा नवीन अभ्यास लागू गर्न सक्ने बताउनुभयो । “यसले विद्यार्थीमा चासो र सिक्ने अवसर सिर्जना गर्छ,” उहाँले भन्नुभयो ।

शिक्षक साटासाट कार्यक्रमले शिक्षणको गुणस्तर, शिक्षकहरूको क्षमता वृद्धि र विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष योगदान पुर्याउने ठोस सम्भावना बोकेको शिक्षा शाखा प्रमुख बोधराज पाठकले उल्लेख गर्नुभयो। “यो पेशागत सिकाइको एक प्रभावकारी माध्यम हो, जसले शिक्षकबीच समन्वय र अनुभव आदान–प्रदानको अवसर दिन्छ,” पाठकले भन्नुभयो।

शैक्षिक वर्ष २०८० मा ३३ जना र २०८१ मा ४७ जना शिक्षकहरूलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा आवश्यकताका आधारमा साटासाट गरिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   2   =  

Protected by Spam Master