बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

धादिङबेशी २१,जेष्ठ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा बेरोजगार महिला पुरुषहरुलाई एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरर्गत जनप्रतिनिधि नागरिक समाज र १८ देखि ५९ बर्ष समुहका बेरोजगार ब्यक्तीहरुलाई उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमलाई नेत्रावती डवजोङ गाउँपालिकाका रोजगार संयोजक जयश्री त्रिपाठीले सहजीकरण गर्नु भएको थियो । अभिमुखिकरणको उद्घाटन सत्रमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह, प्रवक्ता ठाकुर गुरुङ लगाएत वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले रोजगारी नपाएर विदेशिने बाध्यता हटाउन यस किसिमका कार्यक्रमले सहयोग बताउनु भयो । उहाँले आफुहरुले गाउँमै रोजगारी सिर्जना गर्न बिभिन्न तालिम,गोष्ठी र सीप सिकाईका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष सितामाया चोदेनले बेरोजगार महिलाहरूलाई लक्षित गर्दै आफुले बिभिन्न कार्यक्रम ल्याएको र कार्यक्रमबाट सिकेका कुरालाई समाजमा गएर कार्यान्वयन गर्न आग्रह गर्नु भयो । उहाँले नेत्रावती डवजोङबासी र बिशेष गरि महिलाहरुको हक हितका निमित्त आफु दत्त चित्त भएर कार्य सम्पादन गरिरहेको बताउनु भयो । उहाँले रोजगारका अवसरबाट पछाडि परेका महिलाहरूलाई यस्तो अभिमुखीकरणले सहयोग पुग्ने धारण राख्नु भएको थियो ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले गाउँपालिकामा बेरोजगारीको संख्या कमी गर्न बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र आगामी दिनमा पनि बिभिन्न तालिम गोष्ठी,सेमिनार र सिप सिकाईका कार्यक्रम संचालन गरी आत्मनिर्भर बनाई पालिकामा बेरोजगारीको संख्या कमी ल्याउने निति लिएको बताउनु भयो । उहाँले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न आफु प्रतिबद्ध रहेको जानकारी दिनु भयो ।

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =  

Protected by Spam Master