नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

धादिङ,२३ जेठ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा ‘करियर परामर्श तथा करियर प्रस्तुतिकरण कार्यक्रम’ सम्पन्न भएको छ। नीलकण्ठ नगरपालिका–३ स्थित सिटी हलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले गर्नुभएको थियो।

‘समृद्ध नीलकण्ठ नगरको आधार ः कृषि, पर्यटन, उद्यमशीलता सहितको पूर्वाधार’ नाराका साथ आयोजित कार्यक्रममा हेल्थ कन्सर्नका चिकित्सक सुवास प्याकुरेल, सहजकर्ता पवित्रा घिमिरे प्याकुरेल, तथा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफूले भविष्यमा रोज्ने करियरका विषयमा प्रस्तुतिकरण गरेका थिए। प्रस्तुतिकरणमा डाक्टर, इन्जिनियर, नर्स, व्यापारी, खेलाडी, व्यवसायी लगायत बनेर देशमै रही देशको सेवामा लाग्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रमका सभापति उपप्रमुख विश्वकर्माले युवाहरूले विदेश धाउने प्रवृत्ति भन्दा पनि देशमै रही योगदान पु¥याउने खालको करियर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिस्पर्धात्मक प्रस्तुतिकरणमा सुनौलो भैरवी माध्यमिक विद्यालयकी छात्रा मुना पोखरेल प्रथम भएकी छन्। न्यू किबो बोर्डिङ स्कुलका कुशल सापकोटा द्वितीय तथा पञ्चकन्या माविकी ईशा गुरुङ तृतीय भएकि छन्। उनीहरूलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार साथै प्रमाणपत्र प्रदान गरिएको थियो साथै, सहभागी सबैलाई पनि प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो भविष्यको योजना बनाउन प्रोत्साहित गर्नुका साथै, सकारात्मक प्रतिस्पर्धा र आत्मविश्वास बढाएको सहभागीहरूको प्रतिक्रिया थियो।

नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

No description available.

No description available.No description available.

No description available.

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =  

Protected by Spam Master