बाजुराको बाम्का बजारमा लागेको आगो नियन्त्रणमा, १२ वटा भन्दा बढी पसल जलेर नष्ट

बाजुरा- बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा लागेको आगो अहिले साँझ मात्र नियन्त्रणमा आएको छ ।
आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको थियो ।
बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।
आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उहाँले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गर्नुभयो ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइसकेको छैन ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २२:४३‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २०:०१शन्त कुमार राईको ‘बेरंगी’ सार्वजनिक








