बाजुराको बाम्का बजारमा लागेको आगो नियन्त्रणमा, १२ वटा भन्दा बढी पसल जलेर नष्ट

बाजुरा- बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा लागेको आगो अहिले साँझ मात्र नियन्त्रणमा आएको छ ।
आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको थियो ।
बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।
आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उहाँले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गर्नुभयो ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइसकेको छैन ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १८, शुक्रबार ११:३८सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
समाचार२०८२ पुष १७, बिहीबार २१:०८धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित
समाचार२०८२ पुष १७, बिहीबार १९:३४हेल्प नेपाल र नेपाल पुलिस तथा आर्मी र रुकुम सेमिफाइनलमा
समाचार२०८२ पुष १७, बिहीबार १८:५६सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने






