मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

धादिङ,२४ जेठ ।
मिन्दुका माध्यमिक विद्यालयमा शुक्रबार विशेष र अनौठो तरिकाले निर्वाचन कार्यक्रम सम्पन्न गरिएको छ। संघ, प्रदेश र स्थानीय तहको निर्वाचन प्रक्रिया सिकाउनका लागि विद्यालयले नमुना निर्वाचन कार्यक्रमको आयोजना गरेको हो।
विद्यालयको नायकको निर्वाचनलाई संघीय निर्वाचन, चार हाउसको नेतृत्व चयनलाई प्रदेश निर्वाचन र कक्षा नायकको निर्वाचनलाई स्थानीय तहको अभ्यासका रूपमा प्रस्तुत गरिएको थियो। यसरी विद्यार्थीलाई मतदाता शिक्षा दिने उद्देश्यले निर्वाचन आयोगकै शैलीमा मतदान गरिएको विद्यालयका प्रधानाध्यापक रमेशकुमार नेपालले जानकारी दिनुभयो।
संघीय तहको अभ्यासस्वरूप विद्यालय नायक पदका लागि भएको मतदानमा १८४ मत खसेको थियो। तीमध्ये ९३ मत प्राप्त गरी जतन घले विजयी हुनुभयो भने ११ मत बदर भएको थियो। त्यस्तै, विद्यालय सहनायकमा सपना थापामगर निर्वाचित हुनुभयो।
प्रदेश तहको अभ्यासमा चार हाउस मध्ये रातो हाउस नायकमा पुनम गुरुङ, सहनायकमा निरज श्रेष्ठ, हरियो हाउस नायकमा एलिना थपलिया, सहनायकमा निश्चल तामाङ, निलो हाउस नायकमा इला तामाङ, सहनायकमा दिपेश श्रेष्ठ र पहेँलो हाउस नायकमा रमा श्रेष्ठ, सहनायकमा कमल प्रसाद पौडेल बिजयी हुनुभएको छ ।
निर्वाचनका सबै प्रक्रिया—मतदाता नामावली प्रकाशनदेखि उम्मेदवार मनोनयन, प्रचारप्रसार, मतदान, मतगणना, मत परिणाम घोषणा—सम्म पूरा गरियो। मतदानका क्रममा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन, म्यादी प्रहरीको व्यवस्था, आचारसंहिता, विवाद समाधानका उपायलगायत सम्पूर्ण विधि व्यवहारिक रूपमा सिकाइयो।
मत परिणाम घोषणापछि निर्वाचित विद्यालय नायक जतन घलेलाई घोषणापत्रअनुसार आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने अवसरसमेत दिइएको थियो।
कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक नेपालले गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद सिलवालले सैद्धान्तिक कुरा पुस्तकमै सीमित नराखी व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिँदै, यस्ता कार्यक्रमले सिकाइलाई अझ दिगो बनाउने बताउनुभयो।






लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार १५:५३केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग
समाचार२०८२ कार्तिक २४, आईतवार १३:३२शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने






